आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा पर्यटनका लागि उपयुक्त

AuthorAP Khabar २०७५ मंसिर २०, बिहिबार ( ५ साल अघि) ५६२ पाठक संख्या

AP डेस्क

जीतपुर, २० मंसिर : सस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्रि रविन्द्र अधिकारीले पर्यटन प्रवर्धन गर्न देशभरीका १० स्थानलाई विशेष प्रथमिक्तामा राखेर काम गर्न लागेको जसमध्ये पर्सा राष्ट्रिय निकुञ्ज प्रथमिक्तामा पर्ने जानकारी गराउनुभएको छ ।

उहांले जीतपुरसिमरा उपमहागरपालिका भीत्र रहेका पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको भुभाग पर्यटनका लागि उपयुत्त रहेको बताउदै देशभरीबाट छनौट हुने १० पर्यटकिय स्थान मध्ये पर्सा राष्ट्रिय निकुञ्जपनि पर्ने जानकारी गराउनु भएको हो ।

यसैगरी नेपाल पर्यटन बोर्डका निर्देशक कृष्णकुमार अर्यालले पर्यटनका प्रचारप्रसार गर्न अाफु ईच्छुक रहेको बताउनु भएको छ। उहांले बारा जील्ला पहिलो प्रथमिक्तामा रहेको बताउदै अन्तराष्ट्रिय स्तरबाट अाउने योजनालाई पनि यस जील्लाका लागि छुट्याउने जानकारी गराउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले विश्व बैंकले पर्यटनको क्षेत्र लगानि गरेको र त्यसमा पर्सा राष्ट्रिय निकुञ्जलाई विशेष प्रथमिक्तामा राख्ने प्रतिबद्वता राख्नु भएको थियो ।

उहांले नेपालमा अाउने पर्यटक मध्ये ५०% पर्यटक निकुञ्ज घुम्न अाउने बताउदै यस क्षेत्रमा पर्यटनको विकाश गर्न अावश्यक रहेको भन्दै यस कार्यलाई विभागले विशेषा कार्य योजना बनाएर अगाडी बढ्न लागेको जानकारी दिनुभयो ।

यता अभियानमा सहभागि नेकपाका केन्द्रिय सदस्य दिनेश राईले प्रदेश नम्बर २ कै मुख्य पर्यटकिय क्षेत्रको रुपमा रहेको यस क्षेत्रमा राज्यको लगानि बढाउन अाग्रह गर्नुभयो ।

कार्यक्रममा जानहित उपभोत्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठले प्रस्तावना पत्र दिदै विगत लामो समयदेखि बन संरक्षणमा काम गर्दै आएको यस समितिले वन–वन्यजन्तु र जौविक विभित्ताको संरक्षण गर्दै जलवायु परिवर्तनसंग सम्बन्धित चेतनामा बृद्धि गर्ने र स्थानियहरुलाई बन संरक्षणका साथै पर्यटनका माध्यमबाट आर्थिक विकासको बाटोमा अग्रसर गराउने उद्धेश्य सहित यस अभियानको सुरुवात गरेको जानकारी गराउनु भएको थियो ।

यस समितिले पर्यापर्यटनलाई अभियानको रुपमा अगाडी बढाएसंगै स्थानिय निकाय हुदै केन्द्र सम्म प्रस्तावना पत्र पेश परेको हो ।

कार्यक्रममा नेकपाका केन्दिय सदस्य दिनेश राई, पर्सा राष्ट्रिय निकुञ्जका पुर्व संरक्षण हरिभद्र अाचार्य, नेकपाका नेता देवनारायण चौधरी, जनहित समितिका भरत भुर्तेल, मुसहर्निमाई सामुदायीक बन समुहका अध्यक्ष कुवेर न्योपाने, भिमेश्वर सामुदायीक बन समुहका अध्यक्ष पेशलकुमार मुल्मी, चिनबहादुर पाख्रिन, राधाकृष्ण सामुदायीक बन समुहका सदस्य रामबहादुर कार्कि, जनजागरण सामुदायीक बन समुहका सचिव विपिन स्यांगबो, संचारकर्मि अनिल तिवारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस