आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोश्रो सिमरा औद्योगिक व्यापार मेला पौष पहिलो साता

AuthorAP Khabar२०७५ मंसिर २१, शुक्रबार (५ साल अघि) ५१६ पाठक संख्या

सिमरा , मङ्सिर २० : बाराको सिमरामा पौष पहिलो साता दोश्रो औद्योगिक, व्यापार तथा खेलकुद महोत्सवको आयोजना हुने भएको छ ।
स्थानिय आयोजक सिमरा फाउण्डेशनले विहिबार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको बारेमा जानकारी दिएको हो ।

अघिल्लो वर्ष झैं यसवर्ष पनि औद्योगिक शान्ति नेपाल काठमाडौंको मुल आयोजनामा सिमरा रङ्गशालामा महोत्सवको आयोजना गर्न लागिएको स्थानिय आयोजक सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेनले जानकारी दिए ।
आगामी पौष ६ देखि १६ गतेसम्म आयोजना हुने महोत्सवमा तिनसय बढि स्टल रहने आयोजक संस्थाले जनाएको छ । अघिल्लो वर्ष आयोजना भएको महोत्सवको पहिलो संस्करणमा करिब ७५ लाखको आर्थिक कारोबार भएकाले यसवर्ष एक करोड भन्दा बढिको कारोबार हुने अपेक्षा आयोजकको छ ।

महोत्सवबाट बचत भएको रकम सिमरा फाउण्डेशन मार्फत यहाँको शैक्षिक तथा पर्यटकिय वातावरणको विकासमा खर्च गर्ने आयोजकको भनाई छ । अघिल्लो संस्करणमा आठ लाख रुपैयाँ बचत गरेको आयोजकले यसवर्ष त्यसभन्दा बढि बचत हुने र सामाजिक उदेश्य प्राप्तिमा सहयोग पुग्ने अपेक्षा समेत राखेको आयोजक संस्थाका महासचिब शैलेशराज अर्यालले जानकारी दिए ।

मेलामा बारा सहित छिमेकी जिल्लाका स्थानिय उत्पादन, बीरगञ्ज–पथलैया औद्योगिक करिडोरका औद्योगिक उत्पादन तथा स्थानिय पहिचान झल्कने स्टललाई प्राथमिकतामा राखिने आयोजकले जनाएको छ ।
साथै मेलालाई मनोरञ्जनात्मक बनाउन प्रत्येक दिन विशेष कलाकारहरुको उपस्थितीमा सांगितिक कार्यक्रम तथा बारा जिल्लामै पहिलो पटक म्युजिक व्याण्ड कम्पिटिसन समेत आयोजना हुने जनाईएको छ ।

संयोजक हुसेनको अध्यक्षता तथा पत्रकार सुनील गाउँलेको सहजीकरणमा सम्पन्न पत्रकार सम्मेलनमा नवदुर्गा यूवा क्लबका अध्यक्ष हरि चौधरी, विकासशिल क्बल सिमराका अध्यक्ष दिपक भट्टराई, सिमरा भेट्रानका अध्यक्ष समिर आले, महोत्सव आयोजक कमिटिका शैलेशराज अर्याल, पत्रकार महासंघ बाराका अध्यक्ष कमल उपाध्याय, फाउण्डेशनका सदस्य हिरा बस्नेत, औराहा यूवा क्लबका अध्यक्ष त्रिलोकविक्रम शाह लगायत विभिन्न समिति तथा उपसमितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस