आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

रिलिज भयो ‘प्रसाद’, मल्टिप्लेक्समा दर्शकको उच्च चाप

AuthorAP Khabar २०७५ मंसिर २१, शुक्रबार ( ५ साल अघि) ५१६ पाठक संख्या

काठमाण्डौ , मंसिर २१ : आजबाट चलचित्र ‘प्रसाद’ रिलिज भएको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा आएको यो चलचित्रले बलिउडको ठूलो चलचित्र मानिएको ‘केदारनाथ’सँग प्रतिस्पर्धा गरेको छ । तर, यो चलचित्रले बक्स अफिसमा बाजी मार्ने संकेत देखिएको छ ।

काठमाण्डौको क्यूएफएक्स चेन अन्र्तगतको ५ वटा हलमा यसलाई सुरुवातमा १२ शो दिइएको थियो । अहिले चलचित्रलाई क्यूएफएक्सले १६ शो दिएको छ । शुक्रबार चलचित्रको अधिकांश शोमा दर्शकको चाप उच्च देखिएको छ । शनिबार पनि चलचित्रको बुकिङ आक्रामक देखिएको छ । प्रिमियरबाट समेत उच्च तारिफ कमाएको यो चलचित्रले दर्शकको मन जित्ने संकेत देखिएको छ ।

 अनलाइनखबर

प्रतिक्रिया दिनुहोस