आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘क्यालेन्डर यूएसए’मा सारादेखि सम्पदासम्म

AuthorAP Khabar२०७५ मंसिर २१, शुक्रबार (५ साल अघि) ५५७ पाठक संख्या

मंसिर २१ : अमेरिकामा रहेर नेपाली कार्यक्रमहरु गर्दै आएको आरएनआर ग्रुपले अमेरिकामा नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । सन् २०१९ को क्यालेन्डरमा नेपाली नायिका तथा मोडलहरुलाई देख्न सकिन्छ । सुन्दरीको ग्लामर फोटो प्रकाशित गरिएको छ ।

‘क्यालेन्डर यूएसए–२०१९’ शिर्षक राखिएको क्यालेन्डरमा समावेश फोटोहरु महेश प्रधान, विक्रान्तमान श्रेष्ठले खिचेका हुन् । यो समुहले यस अगाडि पनि क्यालेन्डर सार्वजनिक गरिसकेको जानकारी सदस्य मध्येका एक रोशन पुरीले बताएका छन् ।


नेपाली मोडलहरु पनि कम छैनन् भन्ने देखाउनका लागि यो क्यालेन्डर सार्वजनिक गरिएको पुरीले बताएका छन् । यसपटक गुणस्तरमा समेत ध्यान दिनका लागि नेपाल र अमेरिकामा बस्ने मोडलहरुको फोटोसुट नै गरेर क्यालेन्डर निकालिएको पुरीले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस