आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘जिरो’ प्रमोशनका लागि दुबई पुगेका साहरुखलाई हेर्न १ लाख दर्शक

AuthorAP Khabar २०७५ मंसिर २१, शुक्रबार ( ५ साल अघि) ४७७ पाठक संख्या

 मंसिर २१ : बलिउडका सुपरस्टार नायक साहरुख खानका लागि २ सातापछि रिलिज हुन लागेको चलचित्र ‘जिरो’ विशेष छ । यो चलचित्र चलेको खण्डमा साहरुखको गुम्दो क्रेज फर्कने विश्लेषण गरिएको छ । आनन्द एल राई जस्ता सफल निर्देशकका कारण पनि दर्शकलाई यो चलचित्रप्रति विश्वास बढी छ ।

यसैले साहरुखले चलचित्रको प्रमोशनका लागि कुनै पनि कसर बाँकी राखेका छैनन् । भारतमा चलचित्रका २ नायिका कट्रिना कैफ र अनुष्का शर्मा चलचित्रको प्रमोशनमा दौडिरहेका छन् । ओभरसिजमा समेत निकै राम्रो फ्यान कमाएका साहरुख चलचित्र प्रमोशन गर्न विभिन्न देश पुगिरहेका छन् ।

यही क्रममा उनी दुबई शहरमा पुगेर चलचित्रको प्रमोशन गरेका छन् । दुबइको ग्लोबल भिलेजमा आयोजित कार्यक्रममा साहरुखलाई हेर्न लागि दर्शकको भीड देखिएको छ । उनलाई हेर्नका लागि करिब १ लाख भन्दा बढी दर्शक ग्लोबल भिलेजमा जम्मा भएका थिए । साहरुखको चलचित्रले दुबइमा निकै राम्रो कमाई गर्दै आएको छ ।

साहरुखले सो समयमा आफ्ना पुराना गीतमा नृत्य गरे । यस्तै, साहरुखले डिसेम्बर २१ तारिखमा रिलिज हुन लागेको चलचित्र ‘जिरो’को गीतमा पनि नृत्य गरे र आफ्ना केही संवाद बोलेका थिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस