आज:  २०८१ माघ १०, बिहिबार | Thu, 23, Jan, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

प्रारम्भीक बाल बिकाश केन्द्र प्रशिक्षकको प्रशिक्षण तालिम सुरु

AuthorAP Khabar २०७५ मंसिर २१, शुक्रबार ( ६ साल अघि) ५७६ पाठक संख्या

AP सम्वादाता

वीरगंज, मंसिर २१ :  बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ५ नेवतनमा प्रारम्भीक बाल बिकाश केन्द्र प्रशिक्षक प्रशिक्षण तालिम शुक्रबार देखि संचालनमा भएको छ ।कलैयामा रहेको स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्रको आयोजनामा प्रशिक्षण कार्यक्रम संचालन भएको हो ।

ईसिडिसि नेवतनको सभाहलमा आजदेखि सुरु भएको प्रशिक्षण तालिम मंसिर २७ गते सम्म चल्ने आयोजक संस्थाका कार्यक्रम संयोजक दामोदर प्रसाद यादवले जानकारी दिए ।प्रारम्भीक बाल बिकाश केन्द्र प्रशिक्षक प्रशिक्षण तालिममा चैनपुर, नेवतन, लालपर्सा,बहुवरी ,मोतसिर,मनहर्वा र भलुहि केन्द्रका गरी १४ जनाको सहभागीता रहने कार्यक्रम संयोजक यादवले बताए ।

स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्रका व्यवस्थापन समितिका जगदिश साह कानुको अध्यक्षता र वडा नम्बर ५ का वडा अध्यक्ष रामेश्वर प्रसाद कलवार प्रमुख अतिथ्यतामा सुरु भएको कार्यक्रममा स्वास्थ्य तथा वातावरण संरक्षण केन्द्रको कोषाध्यक्ष पृतम कुमार गुप्ता , शेषनाथ यादव ,भेटा गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयप्रकाश दास , कार्यपालिका सदस्य रामसुन्दर ठाकुर ,ओम शान्ति समाजसेवाका दशई साह, युवा नेता उमेश गुप्ता,शिवजी गुप्ता ,तालिम प्रशिक्षक रामप्रवेश साहको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस