आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

काठमाडौंमा गोली चल्यो

AuthorAP Khabar२०७५ मंसिर २१, शुक्रबार (५ साल अघि) ४५६ पाठक संख्या

काठमाडौं , मंसिर २१ : महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ ।

लिम्बुले इटहरीमा रहेको एक्टिभ मनी ट्रान्फरका सञ्चालक सबिन दाहाललाई छुरा प्रहार गरेर ३ लाख रुपैयाँ लुटेका थिए । उनले यसअघि ६ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ । उनको साथबाट चाइनिज पेस्तोल र चार राउण्ड गोली भेटिएको प्रहरीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस