आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बारा निजगढका गायक प्रेमराज पाण्डेको नयाँ गीत “हजारौ चोट” सार्वजनिक (भिडियो सहित)

AuthorAP Khabar २०७५ मंसिर २१, शुक्रबार ( ५ साल अघि) ६४१ पाठक संख्या

बारा निजगढका गायक प्रेमराज पाण्डेको “हजारौ चोट” बोलको गीत सार्वजनिक भएको छ । सो गीतको छायाङकन निजगढमा गरिएको थियो । निजगढको मोहोरी, गोलघर लगायत बिभिन्न स्थानमा छायाङकन गरिएको यस् म्युजिक भिडियोमा प्रेमराज पाण्डे, ईराज कोइराला र बर्षा श्रेष्ठको अभिनय गरेका छन् ।

 

आज नेपालकै पुरनो म्युजिक कम्पनी म्युजिक नेपालबाट यो गीत सार्वजनिक गरिएको छ । भिडियोले दर्शकको मन जित्ने गायक पाण्डेले विश्वास ब्यक्त गरेका छन् । निजगढका–८ का ईराजको यो पहिलो मोडलिङ हो । नव मोडल इराजलाई निजगढ न्युज परिवारको तर्फबाट शुभकामना ।
यो गीतमा भुवन शर्मा कंडेलको शब्द रहेको छ भने संगीत राजेश श्रेष्ठको रहेको गीत्लाई उदय राज पौडेलले संगीत सम्योजन रहेका हुन ।
यस्तै भिडीयोको निर्देशन गायक प्रेमराज पाण्डेले गरेका छन् । भिडीयोमा मरुभुमी नारायणको छायाँकनमा, रोशन धितलको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस