आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

AuthorAP Khabar२०७५ मंसिर २२, शनिबार (५ साल अघि) ६३६ पाठक संख्या

काठमाडौं  ,  मंसिर २२ : उच्च शिक्षा अध्ययनका लागि २ महिनाअघि अस्ट्रेलिया गएका २० वर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ । मोरङको मधुल्ला घर भई सुचना प्रविधि विषयमा डिप्लोमा अध्ययन गर्ने सिड्नी आएका मिलन तामाङको उपचारका क्रममा मृत्युु भएको हो ।

उनीसँगै बस्ने साथी प्रकाश अधिकारीले दिएको जानकारी अनुसार बुधबार आफ्नै कोठमा अध्ययन गरिरहेका बेला ढलेपछि उपचारका लागि सिड्नीको अस्पतालमा लगेपछि मृत्यु भएको बताए ।

मृत्युको कारण ब्रेन हेमरेज भएको चिकित्सकलाई उद्धत गर्दै अधिकारीले जानकारी दिएका छन् । उनको मोरङमा बाबुआमा र एक भाइ छन् । उनको शवलाई नेपाल पठाउन पहल शुरु गरिएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस