आज:  २०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

सवारी दुर्घटनमा एकको मृत्यु, १० घाईते

AuthorAP Khabar २०७५ मंसिर २२, शनिबार ( ६ साल अघि) ५१३ पाठक संख्या

AP डेस्क
जीतपुर, मंसिर २२  : बाराको आधाभार जंगलमा शनिवार बिहान भएको दुर्घटनामा घाईते भएका १० जना घाईते भएका छन् भने एक जनाको मृत्यु भएको छ । बाराको सिमराबाट काठमाण्डौका लागी छुटेको. ना १ ज २८८१ नम्बरको टाटासुमो सडक छेउमा रोकिराखेको लु २ ख ४९६ नम्बरको ट्रकसँग ठोकिँदा दुर्घटना भएको हो ।

घाईते हुनेमा काभ्रेको नवबुद्ध नगरपालीका २ लाप्चाका एकै परिवारका २६ बर्षिय सान्ति तामाङ, २७ बर्षका सुजन तामाङ, ८ बर्षिय साजन तामाङ र एक बर्षिय बालीका सञ्जना तामाङ रहेका छन् ।

त्यसैगरी टाटासुमो चालक जीतपुरसिमरा १४ डुमरवानाका नारायण श्रेष्ठ, जीतपुरसिमरा–३ का ४२ बर्षिय सञ्जिव पौडेल, सोहि ठाउँ बस्ने १२ बषिय निशप पौडेल, जीतपुरसिमरा–१ का ३८ बर्षिय लिल बहादुर बिश्वकर्मा, जीतपुरसिमरा–१४ डुमरवानाका शंकर राई, जीतपुरसिमरा–१५ कि ४७ बर्षिया सिता खतिवडा र जीतपुरसिमरा–१४ का ४२ बर्षिय बिख बहादुर घर्ती मगर रहेका छन् ।

घाईतेमध्य गम्भिर अवस्थाका सुजन तामाङ, साजन तामाङ र एक बर्षिय बालीका सञ्जना तामाङलाई थप उपचारका लागी बिरगञ्ज पठाईएको भने सञ्जिव पौडेल र निशप पौडेललाई काठमाण्डौ रेफर गर्ने तयारी भैरहेको प्रहरीले ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुवास हमालले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस