आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘निर्मलाको हत्यारा सार्वजनिक गर्दैछौँ’

AuthorAP Khabar२०७५ मंसिर २२, शनिबार (५ साल अघि) ३८७ पाठक संख्या

काठमाडौं , मंसिर २२  :  उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले निर्मला पन्तको हत्यारालाई पत्ता लगाई नियन्त्रणमा लिइसकेकाले चाँडै सार्वजनिक गर्नेे बताउनुभएको छ । राजनीतिक दलको आवरणमा कुनै शक्ति निर्मला पन्तको हत्यारा जोगाउन आउने सम्भावना रहेकाले विधि संम्मत रुपमा हत्यारा सार्वजनिक गर्नेे बताउनुभएको हो ।

७० औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १० औ मानवअधिकार राष्ट्रिय महाभेलालाई आज ललितपुरमा सम्बोधन गर्दे मन्त्री पोखरेलले सरकारले हत्यारा सार्वजनिक गर्दा राजनीति ध्येय बोकेकाहरुले छाता ओढाउन आउने सम्भावना रहेको शंका व्यक्त गर्नुभयोे ।

प्रतिपक्षी दलका नेता र कुनै अखबारको स्तम्भकारले जसरी सरकारले बोल्न नमिल्ने भन्दै मन्त्री पोखरेलले सरकारको नजरमा कोही पनि अपराधी उम्कन नसक्ने दाबी समेत गर्नुभयो ।

मन्त्री पोखरेलले निर्मला पन्तको हत्यारा सार्वजनिक गर्न माग गर्दै आएका अधिकारकर्मीलाई हत्यारा सार्वजनिक गर्दा त्यसैको रक्षार्थ सक्रियता नदेखाउन चेतावनी पनि दिनुभयो । राष्ट्रिय महाभेलामा उपस्थित अधिकारकर्मीले मानवअधिकारको प्रत्याभूतिमा सरकारका काम कारवाही प्रभावकारी बन्न नसकेको टिप्पणी गरेका थिए ।b

प्रतिक्रिया दिनुहोस