आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

BREAKING: माधव, झलनाथ, नारायणकाजी र वामदेव हिँडेपछि सचिवालय अनिश्चित

AuthorAP Khabar २०७५ मंसिर २२, शनिबार ( ५ साल अघि) ५०१ पाठक संख्या

काठमाडौं , मंसिर २२  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पुगेका चार शीर्षनेता फर्किएपछि सचिवालय बैठक प्रभावित भएको छ ।

सचिवालय बैठक भनेर निर्धारित समयमा प्रधानमन्त्री निवास बालुवाटार पुग्नु भएका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतम १५ मिनेपछि बारिहिनु भएको हो । पूर्व निर्णयअनुसार, बैठक समयमा शुरु गर्ने र १५ मिनेटमा शुरु नभए नेताहरु नबस्ने भनिएकाले बैठक शुरु नभएपछि चार नेता बाहिरिनु भएको हो ।

उहाँहरू बाहिए लगत्तै बैठकका लागि अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुग्नु भएको छ । उहाँहरु एउटा भेटमा व्यस्त भएर बैठक शुरु हुन नसकेपछि चार शीर्ष नेता बाहिरिँदा सचिवालय बैठक अनिश्चित भएको हो । फाइल तस्बिर ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस