आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

थप मिस वर्ल्ड प्रतिस्पर्धाको फाइनल शुरु (लाइभ)

AuthorAP Khabar२०७५ मंसिर २२, शनिबार (५ साल अघि) ४३३ पाठक संख्या

काठमाडौं , मंसिर २२  :  मिस वर्ल्ड प्रतिस्पर्धाको फाइनल सुरु भएको छ । चीनको सान्या शहरमा विगत एकमहिनादेखि जारी प्रतिस्पर्धाको फाइनल प्रतिस्पर्धा केहि समयअघिदेखि सुरु भएको हो । मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा पनि उत्कृष्ट ३० भित्र परेकाले पनि नेपालीले स्पर्धालाई एकदमै चासोका साथ हेरिरहेका छन् ।

श्रृंखलालो यसअघि नै ब्युटी विथ पर्पोज र मल्टिमिडिया अवार्ड हात पारिसकेकी छिन् । मिस नेपाल वर्ल्ड श्रृंखलालाई हौसला तथा ढाडस दिन नेपालबाट उनका बुवाआमासहित ३० जनाभन्दा बढीको टोली चीन गएका छन् । १ सय २१ देशका सुन्दरीको सहभागिता भएको प्रतिस्पर्धामा श्रृंखला अन्तिम ३० भित्र परेकी छिन् । अन्तिम ३० बाट अब अन्तिम १५ र अन्तिम ५ हुँदै मिस वर्ल्ड चुनिने छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस