आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

लक्ष्य हासिल गर्न विकास, सुशासन र समृद्धि सरकारको प्राथमिकतामा

AuthorAP Khabar २०७५ मंसिर २२, शनिबार ( ५ साल अघि) ४३६ पाठक संख्या

AP संवादाता
जनकपुरधाम, मंसिर २२ : संघीय सरकारका उर्जा, जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले लक्ष्य हासिल गर्न विकास, सुशासन र सम्बृद्धि सरकारको प्राथमिकतामा रहेको बताउनु भएको छ । शनिवार जनकपुरधाममा प्रदेश नं. २ नेकपा संसदीय दलद्वारा वर्तमान अवस्थामा ऊर्जा र सिचाई विकासमा तिनै तहका सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि मन्त्री पुनले सो कुरा बताउनुभएको हो ।

उहाँले देश, प्रदेश र स्थानीय तीन वटै तहको विकासको कार्यक्रममा तिव्रता दिनुपर्ने कुरामा जोड दिदै तिनै तहको विकास पश्चात देशमा सुशासन कायम हुने र त्यसपछि मात्रै देशले समृद्धि हासिल गर्न सक्ने कुरामा जोड दिनुभएको हो ।
मन्त्री पुनले संविधानले व्यवस्था गरेको अधिकार अनुरुप संघीय, प्रदेश र स्थानीय तीन वटै तहले समन्वयतात्मक ढंगले सहयोगको भावनाले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानले स्वीकार्य गरेको सहकार्यात्मक संघीयतालाई अंगिकार गर्दै अघि बढनु नै अहिलेको मुख्य विकल्प रहेको बताउनुभयो । मुख्यमन्त्री राउतले तीन तहकै सरकार बीच समन्वय र सहकार्यको नीति अवलम्बन गरिए मात्र मुलुक विकास र सुशासनको बाटोमा अघि बढने उल्लेख गर्नुभयो ।

त्यसैगरी प्रदेश सरकारका भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले ऊर्जा र सिचाई सम्बन्धी विकास निर्माण सबै कार्य संघीय सरकारले केन्द्रिकृत गरेको प्रदेशलाई काम गर्न कठिनाई भइरहेको जानकारी गराउनुभएको थियो । उहाँले सबै काम संघीय सरकारले नै गर्ने हो प्रदेश सरकारको काम के भन्ने प्रश्न गर्दै प्रदेश मार्फत हुने काम प्रदेशको जिम्मा दिनुपर्ने गरी संविधानमा व्यवस्था गरिए बमोजिम क्षेत्राधिकार कायम गर्नुपर्ने मांग राख्नुभएको हो ।

कार्यक्रममा नेपाल विद्युत प्राद्यिकरणका महानिर्देशक कुलमान घिंसिंग र सिचाई विभागका उपनिर्देशक थापाले प्रदेशमा कार्यान्वयन रहेको आयोजनाहरु बारे जानकारी दिनु भएको थियो । त्यसैगरी प्रदेश भित्रका आठवटै जिल्लाका स्थानीय तहका प्रतिनिधिहरुले प्रदेशमा ऊर्जा तथा सिचाईमा रहेको समस्या र गर्नुपर्ने कार्यको राय सुझाव सहितको टिप्पणी गर्नु भएकोथियो ।

नेकपाका नेता एवं प्रदेश सभा सदस्य सत्यनारायण मण्डलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा प्रदेशका सबै स्थानीय तहका प्रतिनिधि, सम्बन्धित निकाय तथा कार्यालयका प्रतिनिधि लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस