आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

ईपीएलमा आज दुई खेल, ललितपुरले चितवन र भैरहवाले पोखरासँग खेल्दै

AuthorAP Khabar २०७५ मंसिर २३, आईतबार ( ५ साल अघि) ५३१ पाठक संख्या

काठमाडौं , मंसिर २३ : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ ।

चितवन पनि आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । पहिलो खेल विहान ९ बजेदेखि सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने छ । दुवै टिमको यो पहिलो खेल हो । आ-आफ्नो पहिलो खेलमा नै जित हात पार्ने दाउमा दुवै टिम छन् ।

प्रतियोगितामा विराटनगर, ललितपुरसँगै काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।

प्रतिक्रिया दिनुहोस