आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

यादव र पासवान पेस्तोलसहित पक्राउ

AuthorAP Khabar२०७५ मंसिर २३, आईतबार (५ साल अघि) ५४८ पाठक संख्या

सिरहा  , मंसिर २२ : लहानबाट २  व्यक्ति हतियार र लागुऔषधसहित पक्राउ परेका छन् । लहान नगरपालिका वडा नम्बर ४ का रञ्जीत यादव र ५ का रामचन्द्र पासवान हतियार र लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरुलाई केएफ आठ एमएम लेखिएको दुई थान पेस्तोल र लागूऔषधसहित पक्राउ गरिएको लहान प्रहरीले जनाएको छ ।

यादव र पासवानबाट ३०३ राइफलको गोली एक राउण्ड तथा प्रयोग भइसकेको डाइजेल्याब आठ एम्पुल, फेनार्गन ६ एम्पुल, लुपिजेसिक दुई एम्पुल, सिरिञ्ज आठ थान, नाइट्रोभेट र पाँच थान डाइलेक्स डिसी बरामद गरिएक प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस