आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

युनिटेक र शालिमार सिमेन्टमा स्थानियद्धारा ताला

AuthorAP Khabar२०७५ मंसिर २३, आईतबार (५ साल अघि) ८७८ पाठक संख्या

 AP डेस्क

जीतपुर, मंसिर २३ : जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ र ३ का स्थानियहरुले शालिमार सिमेन्ट र युनिटेक उद्योगमा तालाबन्दि गरेका छन । विगत लामो समयदेखि उद्योगका कारण हुदै आएको फोहर नियन्त्रण गर्न स्थानियले बारम्बार आग्रबह गर्दा समेत उद्योग प्रशासनले नमानेपछि समस्या समाधान नहुदाँ सम्मका लागि उद्योगमा आईतबारबाट स्थानियहरुले ताला बन्दि गरेका हुन ।

लामो समयदेखि यस उद्योगको सिकार बन्दै आएका यहाँका नगरीकहरुले आफ्नो बाच्ने अधिकारलाई सुनिश्चित गर्न पाउनुपर्ने कुराका लागि आफुहरुले यो आन्दोलन आगाडी बढाएको जीतपुरसिमरा उपमहानगरपालिका ३ का स्थानिय तारा कार्कीले बताउनुभएको छ । उहाँले यस भन्दापहिलेपनि आफ्नो मागको बारेमा भन्न आउदाँ प्रहरी प्रशासन लगाएर लखेट्न लगाएको बताउदै अब कुनैपनि शक्तिाले आफुलाई पछाडी नपार्ने बताउनुभयो । स्थानिय निर्वाचन भएको एक वर्ष पुरा भएको र आफुहरु निर्वाचित भएकै समयबाट यस उद्योगबाट निस्कदै आएको प्रदुषण नियन्त्रण गर्न पटक पटक पहल गर्दासमेत यस उद्योगले कुनै चासो नलिएपछि आफुहरु बाध्यभएर उद्योगमा ताला बन्दि गर्न आउनु परेको जीतपुरसिमरा उपमहानगरपालिका ६ का वडा अध्यक्ष क्यामुदिन अंसारीले जानकारी दिनुभएको छ ।

उहाँले क्लींकर उत्पादन गर्ने युनिटेक र सिमेन्ट उत्पादन गर्ने शालिमार सिमेन्टको उद्योग संचालनमा आएकै समयदेखि यस भेगका जन्ता पिडित रहेको बताउनुभएको छ । उहाँले उद्योगबाट निश्कने धुवाँका कारण यहाँका स्थानियहरु रोगी बन्दै गएको, बालबालिकालाई आखाँ र स्वाशप्रस्वाश सम्बन्धि समस्या हुने गर्नुका साथै खेतीयोग्य जग्गा समेत बाझो बन्दै गएको प्रती आफुहरु चिन्तीत बनेको बताउनुभएको छ । युनिटेक र शालिमार सिमेन्टले फाल्दै आएको धुवाका कारण यस भेगका हजारौँ जनता पिडित भएका छन । भने यस भेगका सयौँ विग्हा खेतीयोग्य जमिन बाझो बनेको स्थानियहरुले गुनासो गरेको छन ।

प्रतिक्रिया दिनुहोस