हङकङ , मंसिर २३ : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले ढुक्क भएर नेपालमा लगानी गर्न गैरआवासीय नेपाली संघ एनआरएनलाई आग्रह गर्नु भएको छ । एनआरएन एसिया प्रशान्त क्षेत्र भेलालाई हङकङमा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको राजनीति सही दिशामा आएको र स्थिर सरकार भएकाले लगानीमा कन्जुस्याइँ नगर्न आग्रह गर्नु भयो ।
केही नीतिनियम बाधक भएको भए त्यसलाई सरकारले सहज बनाइदिने भन्दै मन्त्री खनालले क्षेत्र पहिचान गर्न पनि सहयोग गरिने बताउनु भयो । कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्दा उपयुक्त हुने खनालको भनाइ छ ।
२८ देखि ३० लाख युवा जनशक्ति मलेसिया र खाडी मुलुकमा श्रम गर्दा नेपालको उर्वर भूमि बाँझो रहेको भन्दै मन्त्री खनालले नेपालमा लगानी गरेर रोजगारीको अवसर सिर्जना गर्ने तर्फ सरकार लागेको बताउनु भयो । कार्यक्रममा एनआरएनका अध्यक्ष भवन भट्टले आफूहरु नेपाल सरकारसँग हातेमालो गरेर अघि बढ्न र क्षेत्र पहिचान गरी लगानी बढाउन तयार रहेको बताउनु भयो ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस