AP संवादाता
रौतहट, मंसिर 23 : कार्यक्षेत्रमा हुने लैङ्गिक हिंसा अन्त्यका लागी रौतहटको चन्द्रनिगाहपुरमा कार्यक्रम गरीएको छ ।
१६ दिने महिला हिंसा बिरुद्धको अभियान पारेर सामुदायिक बन उपभोक्ता महासघ चन्द्रपुर नगरले कार्यक्रमको आयोजना गरेको हो ।
आइतवार भएको उक्त कार्यक्रमको प्रमुख अतिथी संसद तता बिकास र प्रबिधि सभापती कल्याणी खड्का र बिशिष्ठ अतिथी सामुदायिक बन उपभोक्ता महासघकी केन्द्रिय अध्यक्ष भारती पाठक लगाएत संघसस्थाका प्रतिनिधी , जनप्रतिनिधीहरु रहेका थिए ।
कार्यक्रमका वक्ताहरुले महिला हिसा अन्त्यका लागी सवै एक जुट भएर लाग्नु पर्ने धारणा राखेका छन ।
कार्यक्रम सामुदायिक बन उपभोक्ता महासंघ चन्द्रपुरका अध्यक्ष राम बहादुर घलानको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस