आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विवाह पञ्चमी महोत्सव अन्तर्गत आईतवार धनुष यज्ञ सम्पन्न

AuthorAP Khabar २०७५ मंसिर २३, आईतबार ( ५ साल अघि) ६३५ पाठक संख्या

जनकपुरधाम, मंसिर २३ : विवाह पञ्चमी महोत्सव अन्तर्गत अाईतवार धनुष यज्ञ सम्पन्न भएको छ । यसका लागि रंगभूमी मैदान झकिझकाउ बनाइएको थियो ।

अाईतवार भएको धनुषयज्ञका लागि पाँच फिटभन्दा ठूलो धनुष तयार गरिएको थियो । बाह्र बिघा (रंगभूमि) मैदानमा भगवान रामले धनुष उठाएर भाँचेपछि राम–सीता स्वयंवरको कार्यक्रम सम्पन्न गरिएको हो ।

धनुष यज्ञका लागि राजा जनक, महारानी सुनैना, भगवान राम र सीताका स्वरूप अनुसार सजिएर झाँकी समेत प्रदर्शन गरिएको हो । स्वयंवरको लागि भव्य पंडाल निर्माण गरिएको थियो ।

त्रेताकालमा दधीचि ऋषिको हड्डीले बनेको धनुषलाई उठाउन विभिन्न राजा महाराजा जनकपुरधाम आएको तर कसैले उठाउन नसककेको र भगवान रामले धनुष उठाउन खोज्दा भाँचिएपछि उनैलाई सीताले स्वयंवर गरेको मान्यता छ । सोही मान्यताको निरन्तरतास्वरुप आज रंगभूमी मैदानमा विभिन्न व्यक्तिलाई राजा महाराजा र भगवानको भेषमा तयार गरिएको थियो ।

आजैबाट नेपाल र भारतका विभिन्न सांस्कतिक समूहले पनि आ–आफ्नो प्रस्तुति सुरु गरेको छ ।

भगवान रामले धनुष भाँचेको हेर्न नेपालका विभिन्न स्थानसहित भारतबाटसमेत हजारौँ श्रद्धालुहरु धनुष यज्ञमा सहभागी थिए । महोत्सवमा २४सै घण्टा नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा दिइरहेका छन् ।

महोत्सव अन्तर्गत शनिबार जनकपुरधामस्थित जानकी मन्दिरसँगै जोडिएको विवाहमण्डपमा फुलबारी लीला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस