आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुख्यमन्त्रीहरुले अवधारण राख्ने क्रम जारी

AuthorAP Khabar २०७५ मंसिर २४, सोमबार ( ५ साल अघि) ४०० पाठक संख्या

काठमाडौं , मंसिर २४ :  अन्तरप्रदेश परिषद बैठककाे दोस्राे दिन साेमबार पनि मुख्यमन्त्रीहरूले अाफ्ना  अवधारणा राख्ने क्रम जारी  छ ।

प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सोमबार मुख्यमन्त्रीहरु प्रदेश ५ का शंकर पोखरेल र कर्णालीका महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका त्रिलोचन भट्टले आफ्ना धारणा प्रस्तुत गर्दैहुनुहुन्छ ।

संघ र प्रदेश सकारबीच समन्वय गर्ने उदेश्यले आयोजित बैठकमा आइतबार मुख्यमन्त्रीहरु प्रदेश १ का शेरधन राई, प्रदेश २ लालबाबु राउत, प्रदेश ३ का डोरमणी पौडेल र गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङले आफ्ना धारणा राख्नुभएको थियो ।

मुख्यमन्त्रीहरुले बैठकमा संघ र प्रदेशबीचको अधिकार बाँडफाँड, प्रशासनिक संरचना र बजेट बिनियोजन लगायतका बिषयमा प्रदेशको अवधारणा प्रस्तुत गरेका छन् । मुख्यमन्त्रीहरुको धारणापछि संयुक्त घोषणपत्र जारी  हुने स्रोतले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस