आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘विवाहकै अघिल्लो दिन १४ तलाबाट हाम फालिन् स्निग्धाले’

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (५ साल अघि) ५२६ पाठक संख्या

काठमाडौं  , मंसिर २४ :  कहिलेकाँही मानिसको जीवन नसोचेका घटना घट्ने गर्दछन् । जबकी हामीले कल्पना समेत गर्न सकेका हुँदैनौ । मानिस चेतनशील प्राणी उसको आआफ्नो विवेक हुन्छ । हामी सोच्छौं सबै म सँग छ तर त्यो होईन हरेक मानिससँग अद्भुत ज्ञान छ प्रयोग गर्ने तरिका मात्रै फरक हुन्छ । हरेक मानिससँग दुःख छ, तनाव छ हरेकलाई पीडा छ । तर, उसले गर्ने व्यवहार र देखाउने तरिका र प्रस्तुती फक छन् ।

हामीले जोडेको प्रशंग भारतको पटनामा भएको घटनामा आधारित रहेको छ । आइतबार पटना स्तब्ध बन्यो । त्यहाँकी एक युवतीले अपार्टमेन्टको १४ औं तलाबाट हाम फालेर आत्मदाह गरिन् । लाग्छ उनलाई कुनै कुराको कमि थिएन होला । सोमबार (आज) मात्रै उनको पटनास्थित किशनजंगका सिडियो महेन्द्र कुमारसँग विवाह हुँदै थियो । शनिबार मात्रै इंगेजमेन्ट गरेकी स्निग्धाले आइतबार पटनाको सबैभन्दा अग्लो रेसिडेंसियल अपार्टमेन्टको १४ औं तलाबाट हाम फालिन् ।

यसको कारण भने खुल्न सकेको छैन । सीसीटिभी फुटेजमा उनलाई १३ औं तलासम्म लिप्टमा गएको देखिएको थियो । त्यसपछि उनी सिढीबाट १४ औं तलामा गएकी थिइन् । उनको हातमा एक स्टूल समेत रहेको थियो । जसको प्रयोगले उनी छतको रेलिङमा चढेकी थिइन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनालाई पत्ता लगाउन प्रहरीले सोही तलाबाट डमीलाई फ्याकेको छ । जसले स्निग्धा कुदेको अनुमान गर्न सकियोस् ।

घटना कसरी भयो ?
आइतबार बिहान ७ बजे एक कार उदयपुर अपार्टमेन्टमा आएर रोकियो । उक्त कारबाट एउटा युवती उत्रिइन् र सिधै लिप्टतिर लागिन् । गार्डले उनलाई सोधे कसलाई भेट्नका निम्ति आएको ? उनले जवाफमा १२ तलामा बस्ने एक महिला आइएसएसको नाम लिइन् । त्यसपछि गार्डले दिएको जानकारी अनुसार २०–२५ मिनेटपछि ठूलो आवाज आयो । जब उही युवती छतबाट हाम फालेर मरिन् ।

स्निग्धा पटनाको पटेल नगर निवासी हुन् । प्रहरीले हालसम्म कुनै सुसाइड नोट फेला पार्न सकेको छैन । उनी आएको कारका ड्रइभरका अनुसार स्निग्धा बोरिगं कैनाल रोडको अन्य अपार्टमेन्टमा समेत गएकी थिइन् । स्निग्धाको विवहा भोली पटनाको पाँच तारे होटेलमा तय भएको थियो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस