आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नर्सको पीडाः ‘श्रीमानले सधैँ साथीसँग सम्बन्ध राख्न दबाब दियो’

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (५ साल अघि) ४९२ पाठक संख्या

काठमाडौं  , मंसिर २४ :  भारतको विहारस्थित मधेपुरामा श्रीमतीले साथीसँग सम्बन्ध राख्न इन्कार गरेको भन्दै एक व्यक्तिले हत्या कोसिस गरेका छन् । उनले श्रीमतीलाई आफू र साथीको सहयोगमा कुटपिट गरेका छन् । उनले कुटेर श्रीमती बेहोस भएपछि मरिसकेको ठानेर वाइकमा लगी सडकमा किनारामा छोडेका थिए । आफू भने फरार रहेका छन् । सडक किनारमा बेहोस अवस्थामा रहेकी उनलाई त्यहाँ वरपर हिड्ने मानिसले अस्पतालसम्म पु¥याएका थिए ।

ती महिलाको बयानका आधारमा दोषी श्रीमान बाल्मिकी शाहका नाममा प्रहरीले मुद्धा दर्ता गरेर खोजीकार्य अगाडि बढाएको छ । पीडित महिलाका अनुसार उनी एक वर्ष अगाडि मधेपुराको एक निजी नर्सिङ होममा काम गर्ने गरेकी थिइन् । त्यसै बेला त्यहाँ प्रेस चलाएर बसेका शाहासँग प्रेमपछि उनको विवाह भएको थियो । उनीहरु दुवैको ६ महिना अगाडि विवाह भएको थियो ।

दुवै जनाबीच केही समय राम्रो सम्बन्ध बन्यो । समय बित्दै जाँदा श्रीमानले आफ्नो कुरुपपन देखाउन शुरु ग¥यो । शाहाले श्रीमतीलाई साथीसँग सम्बन्ध राख्न दबाब दिन थाले । ती महिलाले सधैँ यो बिषयमा विरोध गर्दै आएकी थिइन् । एक दिन श्रीमानले उनलाई घरमै कुटेका थिए । तैपनी उनले नाजायज सम्बन्ध राख्न स्वीकार गरिनन् । प्रहरीका अनुसार फरार रहेका शाहाको खोजी कार्य चलिरहेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस