आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बाबुरामको ‘ट्वीट’मा ताली भन्दा गाली बढी !

AuthorAP Khabar २०७५ मंसिर २४, सोमबार ( ५ साल अघि) ५१३ पाठक संख्या

काठमाडौं  , मंसिर २४ : नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले सोमबार गरेको ट्वीटमा ताली हैन गालीको ओइरो लागेको छ । अन्तराष्ट्रिय मानव अधिकार दिवस मनाइरहँदा निर्मला पन्तजस्ता बालिकाले न्याय नपाए यो दिवस मनाउनुको कुनै नभएको भन्दै भट्टराईले ट्वीट गर्नुभएको थियो ।

परिणामस्वरुपः उहाँलाई जनयुद्धमा मारिएका १७००० ले के सुसाइड गरेका हुन् भन्दै प्रतिप्रश्न गरिएको छ । उहाँले पछिल्लो समय घटेका घटनाले मुलुक आक्रान्त बनेको भन्दै ट्वीट गर्नुभएको हो । उहाँको ट्वीटमा यस्तो लेखिएको छ– ‘आज अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस मनाइ रहँदा नबिर्सौं बलात्कारंहत्या जस्तो जघन्य अपराध र मानव अधिकार उलंघन अर्को हुनसक्दैन । निर्मला पन्तलाई न्याय दिलाउन नसकेसम्म राज्य वा गैरराज्यले यो दिवस मनाएर,सामाजिक सन्जाल रंगाएर औपचारिकता पूरा गर्नुको कुनै अर्थ रहन्न !

संयोजक भट्टराईलाई राज्यको जिम्मेवार व्यक्तिले ट्वीटका भित्ता रङ्ग्याएर नबसी कार्यान्वयन निकायमा दबाब दिन सुझाइएको छ ।

Baburam Bhattarai

@brb1954

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइ रहँदा नबिर्सौं बलात्कार+हत्या जस्तो जघन्य अपराध र मानव अधिकार उलंघन अर्को हुनसक्दैन।निर्मला पन्तलाई न्याय दिलाउन नसकेसम्म राज्य वा गैरराज्यले यो दिवस मनाएर,सामाजिक सन्जाल रंगाएर औपचारिकता पूरा गर्नुको कुनै अर्थ रहन्न!

प्रतिक्रिया दिनुहोस