रुपन्देही , मङ्सिर २४ : रुपन्देहीमा ५ वर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोगमा प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ ।
घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर जबर्जस्तीकरणी गरेको अभियोगमा देवदह–७ का जीवन खत्रीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
खत्रीसँगै अन्य पाँच जनालाईसमेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस