आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अनमोल बने फुटबलर, दुई पोस्टर सार्वजनिक

AuthorAP Khabar२०७५ मंसिर २४, सोमबार (५ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं   , मंसिर २४ : युवा स्टार अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’को दुईओटा पोस्टर रिलिज गरिएको छ । सार्वजनिक पोस्टरमा युवास्टार अनमोल केसी फुटबल बाकेर उभिएका छन् । चलचित्रमा फागुन १९ गते देशब्यापी रुपमा प्रदर्शन हुदैँछ ।

यस्तै, चलचित्रको दोश्रो पोष्टरमा उनको साथमा कलाकारद्धय सुनिल थापा र प्रशान्त ताम्राकार देखिएका छन् । यो चलचित्रको पहिलो गीत बिहिबार सार्वजनिक हुँदैछ । गीत रिलिज अगाडि चलचित्रको फस्टलुक रिलिज गरिएको हो ।

चलचित्रले एउटा यूवकको फुटबल संघर्षको कथालाई उठान गरेको छ । चलचित्रका निर्माता भूवन केसीले भीएफएक्समा समय लागेकाले पनि चलचित्र रिलिजमा केही समय ढिला भएको बताए ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रमा अनमोल केसीको साथमा उपासना सिंह ठकुरी, प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस