शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कंडेल, सल्लाहकार गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल पक्राउ परेका छन् ।
यस्तै, नम्रता पौडेल, ईश्वरा लिङदेन, रत्नलक्ष्मी श्रेष्ठ, रुपा गिरी, गीता तिमल्सिना, रेजीना राई, बटुकृष्ण ढुंगेल, नानिकाजी गिरी, रामचन्द्र खतिवडा, बलबहादुर गाहा मगर, सनत आचार्य, सुमित जि।सी, संजोग चाम्लिङ राई, विपी पौडेल, राजु अधिकारी, कृष्ण पंगेनी, नन्दकुरमार लावती, नारायणकुमार श्रेष्ठ, जगन्नाथ पुडासैनी, अमृतप्रसाद उपाध्यायसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको शान्ति समाजले जानकारी दिएको छ ।
पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका दोषी पहिचन नहुनु सरकारको अक्षमता रहेको भन्दै शान्ति समाजले बिरोध प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस