आज:  २०८१ बैशाख २५, मंगलबार | Tue, 07, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘हत्यारा खुलेआम हिँड्दै, भेट्दैन प्रहरी’

AuthorAP Khabar२०७५ मंसिर २५, मंगलबार (५ साल अघि) ४०० पाठक संख्या

कैलाली ,  मंसिर २५ : आजकै दिन धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका ओमप्रकाश पन्तको हत्या भएको थियो । हत्या भएको ६ वर्ष पुरा भए पनि हत्यारा पत्ता लाग्न सकेको छैन । धनगढी उपमहानगरपालिका–५, तारानगरमा २०६९ साल मङ्सिर २५ गते राती ९ बजे उनको घाटी रेटर बीभत्स हत्या गरिएको थियो ।

मृतकका बुवा श्रीकृष्ण पन्तले हत्याराको खोजीगरी कानुनी दायरामा ल्याउन विभिन्न निकायमा धाउँदा समेत हत्यारा पत्ता लगाउँन कहि कतैबाट चासो नदिएको गुनासो गर्नुभएको छ । घटनाको समयमा ओमप्रकाशले प्रहरीको कन्ट्रोल रुममा फोन गरेको भए पनि प्रहरीले कुनै वास्ता नगर्दा हत्या भएको मृतकका बुवाको आरोप छ ।

‘कन्ट्रोल रूपमा एक सयमा फोन गर्दा पनि प्रहरीले बेवास्ता गर्नु कहाँसम्मको न्याय हो श्रीकृष्णले भन्नुभयो, प्रारम्भिक अनुसन्धान कर्ताहरूले फितलो रूपमा अनुसन्धान गरेकै कारण हत्यारा पत्ता लाग्न सकेन’ ।

पोस्टमार्टम रिपोर्ट अनुसार ओमप्रकाशको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जनाइएको छ । हत्यारालाई कानुनी कट्घरामा उभ्याउँन  नसक्दा परिवार  बिचल्लीमा छ ।

हत्यामा संलग्न रहेका व्यक्तिहरूलाई नचिनेको भए पनि आशङ्का गरेका व्यक्तिहरूलाई समेत प्रहरीले अनुसन्धान नगरेको श्रीकृष्णकाे भनाई छ । ‘अहिले पनि छोराको हत्यारा खुलेआम हिँडिरहेका छन् श्रीकृष्णले भन्नुभयो, हत्या प्रकरणको नयाँ ढङ्गवाट अनुसन्धान गर्न प्रहरी प्रशासनलाई पटक–पटक आग्रह गरे पनि सुनुवाइ भएन’ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस