आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

‘राजपा र फोरमको सिद्धान्त फरक छ’

AuthorAP Khabar २०७५ मंसिर २५, मंगलबार ( ५ साल अघि) ४३१ पाठक संख्या

मोरङ ,  मंसिर २५ : राष्ट्रिय जनता पार्टीका संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताउनु भएको छ ।

राजपाले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक महतोले मधेसमा अगाडि वा पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताउनु भयो । ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी भने जनकपुर नै हुनुपर्ने प्रदेशबासीको चाहना रहेको आफूले बुझेको उहाँको भनाई छ ।

नेता महतोले सरकार असफल हुँदै गएको बताउनु भयो । राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छिट्टै टुंगो लगाउने उहाँले बताउनुभयो ।  उहाँले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरणको कुरा चले दुई वटै पार्टीको सिद्धान्त अलग रहेको उल्लेख गर्नुभयो ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस