आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

अज्ञात रोगबाट आठ हात्ती मरे

AuthorAP Khabar २०७५ मंसिर २५, मंगलबार ( ५ साल अघि) ४९६ पाठक संख्या

  मंसिर २५ : तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन् । स्थानीय अधिकारीहरुले अज्ञात रोगका कारण हात्तीहरु मरेको घटनाले आफूहरुलाई चिन्तित बनाएको आइतबार बताएका छन् ।

वन्य जीवजन्तु उप प्रमुख जोसेफ मेङ ओरोले यस घटनाको विषयमा थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए। साथै यस अज्ञात रोगबाट थप हात्तीको हताहतको आशङ्कासमेत उनले व्यक्त गरेका छन् ।

तान्जानिया वन्यजन्तु अनुसन्धान निकायले यस अज्ञात रोगबाट स्तनधारी हात्तीको मृत्यु भएको पुष्टि गरेको छ । घटनाका बारेमा प्रमाणहरु सङ्कलन गर्ने र कारण पत्ता लगाउने तथा थप फैलिन नदिनका लागि नियन्त्रण गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

नाकबाट रक्तश्राव हुने, चक्कर आएजस्तो गर्ने, छटपटीनेलगायतका अस्वभाविक र अप्ठ्यारो भएजस्ता गतिविधि देखाउने गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस