आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

बलिउड गायिका नेहा कक्कर र हिमांश कोहलीको ब्रेकअप !

AuthorAP Khabar २०७५ मंसिर २५, मंगलबार ( ५ साल अघि) ६१५ पाठक संख्या

मंसिर २५ : बलिउडमा आफ्नो आवाजका साथै प्रेम सम्बन्धका कारण चर्चामा रहेकी बलिउडकी चर्चित गायिका नेहा कक्कर अहिले भने उनका प्रेमी तथा अभिनेता हिमांश कोहलीसँगको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ ।

नेहा र हिमांशले केही महिना अघि एक टेलिभिजन रियालिटी शोमा आफूहरुबीचको सम्बन्धलाई सार्वजनिक रुपमा स्वीकार गरेका थिए । तर यि दुईबीचको सम्बन्ध अगाडि बढ्न सकेन ।

नेहा र हिमांशले इन्स्टाग्राममा एकअर्कालाई अनफलोसमेत गरिदिएका छन् । गायिका नेहा कक्करले उनको इन्स्टा अकाउन्टमा हिमांश कोहलीका साथमा भएका तस्बिर र भिडियोहरु डिलिट गरिदिएकी छिन् । तर हिमांशले भने नेहा र उनको परिवारका तस्बिर उनको अकाउन्टबाट हटाएका छैनन् ।

यस वर्षको सुरुवातमा नेहा कक्कर र हिमांश कोहलीले युट्यूबमा ‘ओ हमसफर’ नामको म्यूजिक भिडीयो सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस