आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

कांग्रेसले भन्यो : शिक्षामा जनवादीकरण सुरु भयो

AuthorAP Khabar २०७५ मंसिर २५, मंगलबार ( ५ साल अघि) ३८७ पाठक संख्या

काठमाडौं , मंसिर २५ :  प्रमुख विपक्षी कांग्रेसले कम्युनिस्ट पार्टी सत्तामा आएको मौका छोपेर शिक्षामा जनवादीकरण सुरु भएको आरोप लगाएको छ ।।

आसन्न महासमिति बैठकमा पेश गर्न तयार पारिएको राजनीतिक प्रस्तावमा सुनियोजित रुपमा माकर््स्वाद पढाउने काम गर्न लागिएको दाबी गरिएको छ ।

‘कतिपय विद्यालयमा नेपालका कम्युनिष्ट नेताहरुको तस्वीर पुस्तकको मुखपृष्ठमा नै छाप्ने, लोकतान्त्रिक शक्तिलाई अपमानित गर्ने र सुनियोजितरुपमा मार्क्सवाद पढाउने काम गर्न लागिएको छ’ कांग्रेसले भनेको छ ।

केही स्थानीय तहहरुमा यस्तो पाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । सरकारले शिक्षक, प्राध्यापकलाई अपमानित गरेको तथा कम्युनिस्ट पार्टीले जितेका स्थानीय तहमा विचार नमिलेकै कारण सरुवा गरिएको उसको दााबी छ ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस