आज:  २०८१ चैत्र ३, सोमबार | Mon, 17, Mar, 2025
FLASH NEWS
Advertisement
SKIP THIS

प्रहरी चौकी बनाउन सांसद श्रेष्ठले दिए दुई कठ्ठा जग्गा

AuthorAP Khabar २०७५ मंसिर २६, बुधबार ( ६ साल अघि) ३६८ पाठक संख्या

 तनहुँ , मंसिर २६  : सांसदहरुमाथि राज्यबाट सुबिधा लिने गरेकोमात्र आरोप लागिरहेको बेला तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ -किसान)ले भने प्रहरी चौकी भवन बनाउन निजी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

सत्तारुढ नेकपाका सांसद श्रेष्ठले बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ औराहामा प्रहरी चौकी बनाउन २ कठ्ठा जग्गा प्रदान गरेका हुन् । श्रेष्ठ र उनका ब्यवसायिक साझेदार इच्छाराज वाग्लेको नाममा रहेको करीव ४० लाख रुपैया मूल्य पर्ने जग्गा प्रहरी चौकीका लागि दिइएको हो ।

सांसद श्रेष्ठ जीतपुर सिमरा उपमहानगरका उद्योगीसमेत हुन् । हालसम्म अस्थायी प्रहरी पोष्ट मात्र रहेको उक्त स्थानमा प्रहरी चौकीका लागि आवश्यक पर्ने जग्गा उपलब्ध नहुँदा प्रहरी चौकी भवन बन्ने अवस्था नभएको र सो चौकी अन्यत्र सर्न लागेको भन्दै स्थानीयवासीले सांसद श्रेष्ठसमक्ष जग्गा उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।

उक्त स्थानमा २०६८ सालमा नै अस्थायी प्रहरी पोष्ट स्थापना भए पनि जग्गाको अभावमा प्रहरी चौकीको भवन निर्माण हुन सकेको थिएन । स्थानीय बासिन्दाको अनुरोधपछि आफूले आˆनो नाममा रहेको जग्गामध्येबाट दुई कठ्ठा जग्गा प्रहरी चौकीलाई उपलब्ध गराएको सांसद श्रेष्ठले बताए ।

जग्गाको स्वामित्व हस्तान्तरणको आवश्यक कागजी र कानूनी प्रक्रिया भने एक महीनाभित्रमा सम्पन्न हुने सांसद श्रेष्ठले जानकारी दिए ।स् थानीय बासिन्दा, प्रहरी कार्यालयका प्रतिनिधिसहित सम्बन्धित जग्गामा पुगी सांसद श्रेष्ठले प्रहरी चौकी भवनको निर्माणका लागि पनि आफूले रकम उपलब्ध गराउन तत्काल पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस