आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मुख्यमन्त्री योगी जनकपुरमा अवतरण

AuthorAP Khabar २०७५ मंसिर २६, बुधबार ( ५ साल अघि) ५८५ पाठक संख्या

काठमाडौं  , मंसिर २६  : रामजानकी विवाहपञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरमा अवतरण भइसक्नुभएको छ । बिहान १०:३० बजे विमानबाट सिधा जनकपुर विमानस्थलमा अवतरण गर्नुभएको हो । मुख्यमन्त्री योगी सिधा जानकी मन्दिर पुगेर विशेष पूजा अर्चना गर्ने कार्यक्रम रहेको प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

त्यस पश्चात प्रदेश २ सरकारले उहाँको स्वागतमा प्रदेश सरकारको सचिवालय मधेश भवनमा आयोजन गरेको १ हजार १ साधुशन्तको विशेष भण्डारा (भोज)मा सहभागि हुने कार्यक्रम रहेको छ । तत्पश्चात ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा हुने राम र सीताको स्वयम्बर कार्यक्रममा दुवै देशका समकक्षी मुख्यमन्त्रीद्धय सहभागि हुने कार्यक्रम छ । बाह्रविघा मैदानमा दुवै मुख्यमन्त्रीले ४ । ५ मिनेट प्रवचन दिने समेत कार्यक्रम रहेको मन्त्री यादवलेले जानकारी दिनुभयो ।प्रवचन पछि मुख्यमन्त्री योगी आजै फर्किने कार्यक्रम रहेको प्रदेश सरकारले जनाएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस