आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

पूर्वराष्ट्रपति यादवले भने– यो संविधान लागू हुन्न

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ४२५ पाठक संख्या

काठमाडौं , मंसिर २७ : पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुक संविधान कार्यान्वयन नहुने दाबी गर्नुभएको छ ।

‘यो संविधान लागू हुन्न’ पूर्वराष्ट्रपति यादवले बिहिबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पोडेलद्वारा लिखित ‘नेपाली कांग्रेस र लोकतान्त्रिक समाज’ पुस्तक बिमोचन गर्दे भन्नुभयो, ‘संविधानमा सबैको भावना समेटिनुपर्छ । तर संविधानले तराईबासीलाई सन्तुष्ट पार्न सकेन । सबै पक्षको भावना नसमेटिएको संविधान कार्यान्वयन हुन ग्राहो हुन्छ । त्यस कारण यो संविधान लागू हुन्न ।’

संविधान डा यादव राष्ट्रपति भएकै बेला २०७२ असोज ३ गते जारी भएको हो ।  संविधान यादव राष्ट्रपति भएकै बेला २०७२ साल असोज ३ गते जारी भएको हो । संसदबाट संविधान जारी गर्दा तत्कमालित राष्ट्रपति यादवले नेपालको संविधान विश्वकै नमूना भएको’ बताउनु भएको थियो । यादवले त्यसबोला संविधान पूर्वरुपमा कार्यान्वयन हुने, मुलुकमा शान्तिले स्थायित्व पाउने र विकास निर्माणले गति लिएर मुलुक समृद्ध बन्ने’ उल्लेख गर्नुभएको थियो ।

संविधान ९२ प्रतिशत सभाषदले पारित गरेर जारी गरिएको थियो । संविधानसभाबाट संविधान बनेको मुलुकहरू मध्ये यो सर्वाधिक प्रतिशत हो । संविधानसभाबाट संविधान बनेका अन्य मुलुकमा ६० देखि ७० प्रतिशत सभाषद्हरुले मात्र स्वीकार गर्दै आएका छन् । तर पनि ती मुलुकमा संविधान पूर्णरूपमा कार्यान्वयन भएको छ ।

तर यादवले आफू पदबाट बाहिरिको २ वर्ष नबित्दै संविधान कार्यान्वयन नहुने आश्चर्यजनक अभिव्यक्ति दिनुभएको छ ।  संविधान जारी भएपछि मुलुकमा स्थानीय तह, प्रदेश र संघ गरी ३ तहको निर्वाचन सौहार्दपूर्ण रुपमा सम्पन्न भयो । निर्वाचनपछि मुलुकमा दुई तिहाईको सरकार बनेको छ । यस्तो बेला पूर्वराष्ट्रपति यादवले दिएको संविधान लागू नहुने अभिव्यक्तिले राजनीतिलाई नै तरंगित पारेको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस