आज:  २०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

९० लाख खर्चिएर त्रिभुवन विमानस्थलमा कार्पेटिङ

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ५२९ पाठक संख्या

काठमाडौं  , मंसिर २७ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न सुधारका प्रयास सुरु भएका छन् । विमानस्थल अस्तब्यस्त र फोहोर भएको भएको गुनासो चर्को भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तरगतको विमानस्थल कार्यालयले सुधारको काम तीव्र बनाएको हो ।

विमानस्थलको प्रस्थानतर्फ अहिले धमाधम कार्पेटिङ भइरहेको छ । झण्डै ९० लाख रुपैयाँ खर्चिएर विमानस्थलको प्रस्थान कक्ष र अध्यागमन जेकजाँच कक्षमा कार्पेटिङ गर्ने काम अन्तिम चरणमा पुगेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस