आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

मानव आश्रम रहेकी महिलाले बच्चा जन्माईन

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ५५५ पाठक संख्या

 AP सम्वादाता

वीरगंज, मंसिर २७ : वीरगंजको मानव सेवा आश्रममा रहेकी एक गर्भवती महिलाले बिहिबार बच्चा जन्माईकी छिन् । गर्भवती अवस्थामा पाँच महिना अघि वीरगन्ज भन्सार क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय पर्साले उद्दार गरी मानव सेवा आश्रमको जिम्मा लगाएको महिलाले बिहिबार बिहान ७ बजे छोरा जन्माएकी हुन् ।

मानसिक स्वास्थ्य कमजोर रहेकी महिलाबाट जन्मिएको नवजात शिशुको स्वास्थ्य अवस्था ठिक रहेको मानव सेवा आश्रमका संयोजक देवेश गुप्ताले जानकारी दिए । मानव सेवा आश्रममा रहेकी गर्भवती महिलाले आश्रममै बच्चा जन्माउँदा मानव सेवामा बस्दै आएका आश्रितहरु हर्षित भएको संयोजक गुप्ताले बताए ।

प्रतिक्रिया दिनुहोस