आज:  २०८१ जेष्ठ ६, आईतबार | Sun, 19, May, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

जनप्रतिनिधिको हैकम: ९ जनालाई तीन दिनदेखि बन्धक

AuthorAP Khabar२०७५ मंसिर २७, बिहिबार (५ साल अघि) ४४७ पाठक संख्या

सप्तरी , मंसिर २७ : डाकनेश्वरी नगरपालिकामा एक व्यक्तिलाई जनप्रतिनिधिकै निर्देशनमा बन्धक बनाइएको छ । डाकनेश्वरी नगरपालिका –९ पथरगाढाका एकल महिला सीतादेवी शर्मालाई वडा अध्यक्ष कर्णदेव चौधरीको निर्देशनमा तीन दिन देखि थुनिएको हो ।

वडा अध्यक्ष चौधरीले आफ्नो देवर विहारी शर्मासँग मिलेर षड्यन्त्रपूर्वक आफ्नो नामको जग्गा दिन भनेपछि नमान्दा विहारीका छोराहरू वीरेन्द्र, परमेश्वर, वसन्त र रामअवतारलाई निर्देशन दिएरै थुन्न लगाइएको सीतादेवीको आरोप छ ।

१ कट्ठा ८ धुर जग्गाको लालपुर्जा आफूसँग रहेपनि विहारीले अंशको जालझेल गर्न थालेपछि अदालतबाट छिनोफानो गर्ने भनेपछि समाजमा मिलाउन दबाब दिँदै वडाध्यक्ष चौधरीले सबैतिरबाट बाटो अवरुद्ध गर्न लगाएरकाे सीतादेवीले बताउनुभयो ।

आफूहरूलाई घरभित्रै गराइएको नाराबन्दी बारे गाउँ तथा प्रहरी चौकी पथरगाढामा जानकारी गराएपनि वडा अध्यक्षको प्रभावले कसैले पहल नगरेको सीताको दुखेसो छ । घर बाहिर आउजाउ गर्ने चारैतिरको बाटो थुनिँदा यतिवेला सीताको २ बुहारी र ६ नाति नातिनी गरी ९ सदस्यीय परिवारलाई बन्धक बनाइएको छ ।

बन्धकपछि बालबालिकाहरू विद्यालय जान पाएको छैन भने पशुचौपयालाई समेत तीनदेखि भोक भोकै रहेका छन् । तर वडाध्यक्ष चौधरीले भने परिवार बन्धक बनाइएको बारेमा आफूलाई जानकारी नभएको बताउनुभएको छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस