आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

नेपालमा आईसी दुई सय रुपैयाँ नचल्ने

AuthorAP Khabar २०७५ मंसिर २७, बिहिबार ( ५ साल अघि) ७१३ पाठक संख्या

 काठमाडौं , मंसिर २७ :  सरकारले २ सय रुपैयाँ दरकाे भारतीय नोट (आईसी) नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले २ सय ५ सय र २ ह जार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस