आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

भरतीय २ सयको नोट नेपालको प्रचलनमा नल्याउने मन्त्रिपरिषदको निर्णय

AuthorAP Khabar २०७५ मंसिर २७, बिहिबार ( ५ साल अघि) ६४० पाठक संख्या

काठमाडौं, मंसिर २७ : २ सय रुपैयाँ दरको भारतीय नोट नेपालको प्रचलनमा नल्याउने सरकारले निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले भारतले केहि समय यता प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो ।
नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपैयाँहरु प्रचलनमा छैनन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै २ सय, ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस