काठमाडौं, मंसिर २७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकारले साना किसानको ऋण मिनाहा गरेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । बिहिबार निर्णय सार्वजनिक मन्त्री बास्कोटाले स–साना ऋण सरकारले तिरिदिने जानकारी दिनुभएको हो ।
कृषि विकास बैंकमा यस्तो ऋण २९ करोडभन्दा बढी र ब्याज एक अर्बभन्दा बढी पुगिसकेको छ । किसानले ऋण तिर्न आनाकानी गरेपछि सरकारको यस्तो निर्णय आएको हो । केही किसानले ऋण तिरेतापनि धेरैको बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस