आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

गुगलमा ‘इडियट’ खोज्दा किन ट्रम्पको फोटो देखाउँछ ?

AuthorAP Khabar २०७५ मंसिर २८, शुक्रबार ( ५ साल अघि) ४११ पाठक संख्या

काठमाडौं , मङ्सिर २८  :  अमेरिकामा गुगल ट्रेन्डिङमा बुधवार ‘इडियट’ शब्द एकाएक ट्रेन्डिङमा पर्‍यो । गुगलका सीईओ सुन्दर पिचाईको संसदीय सुनुवाइ पछि यो शब्द अमेरिकामा १० लाख पटक खोजियो ।

संसदीय सुनुवाइका क्रममा एक जना महिला सांसदले पिचाईलाई गुगलमा ‘इडियट’ शब्द खोज्दा किन हाम्रो राष्ट्रपतिको तस्बिर आउँछ भनेर प्रश्न गरेकी थिइन् । गुगलमा ‘इडियट’ शब्द खोज्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटो आउँछ ।

सांसद जोई लोफ्ग्रेनले पिचाईलाई उक्त प्रश्न सोधेकी थिइन् । त्यो कसरी हुन्छ ? गुगल सर्चले कसरी काम गर्छ अनि त्यो कसरी भयो ?’ उनले प्रश्न गरिन् । उनले कतै राजनीतिक पूर्वाग्रह राखेर गुगलले यस्तो गरेको त होइनसमेत भनिन् ।

जवाफमा पिचाईले गुगल सर्चले धेरै शब्दहरू मध्येबाट २०० तत्त्वको चर्चाका आधारमा परिणाम देखाउने बताए ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस