काठमाडौं , मङ्सिर २८ : सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिका वडा नम्बर ९ को सेवा सम्पर्क कार्यालय काठमाडौमा पनि खोलिएको छ । भदौदेखि चावहिलमा लोखिम हाउसबाट वडाको सेवा दिन थालिएकाे हो ।
काठमाडौंमा रहेका वडावासीलाई हरेक महिनाको अन्तिम दुई दिन लोखिम हाउसले सेवा दिँदै आएको छ । कोठा भाडामा लिएर सेवा थालिएको वडाध्यक्ष भूपालसिंह राईले जानकारी दिनुभयो ।
लोखिम हाउसबाट अहिलेसम्म चार पटकमा १ सय ३० जनालाई सेवा प्रदान गरिएको छ । त्यसमध्ये सबैभन्दा धेरै पञ्जीकरण सम्बन्धी सेवा रहेको लोखिम हाउसले जनाएको छ ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस