आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

इपिएलः चितवनको पहिलो जित

AuthorAP Khabar २०७५ मंसिर २८, शुक्रबार ( ५ साल अघि) ४७७ पाठक संख्या

काठमाडौं  , मङ्सिर २८  : चितवन टाइगर्सले साविक विजेता विराटनगर वारिवर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग इपिएल टी ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा पृथु बाँस्कोटाको कप्तानीमा रहेको चितवनले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई पाँच रनले पराजित गर्दै प्रतियोगितामा पहिलो हात पारेकाे हो ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले विराटनगरलाई १९७ रनको लक्ष्य दिएको थियो । जवाफमा विराटनगर २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमा समेटियो । विराटनगरका लागि हङकङका ब्याट्सम्यान बाबर हायतले सर्वाधिक ९० रनको योगदान दिए तापनि त्यो जितको लागि पर्याप्त भएन । ४२ बल खेलेको ह्यातले आठ छक्का र पाँच चौका प्रहार गरे । त्यसैगरी करण केसी २४ रनमा अविजित रहे भने आसिफ शेखले ३०, कप्तान खड्का १९ तथा अनिलकुमार साहले १२ रन जोडे ।

बलिङतर्फ चितवनका ललितसिंह भण्डारी एक्लैले चार विकेट लिए भने सागर ढकालले तीन विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९६ रनको योगफल बनाएको थियो । चितवनका लागि जोन सिमप्सनले सर्वाधिक ७८ रनको योगदान दिएका थिए भने दीपेन्द्रसिंह ऐरीले ३२, सन्दीप सुनारले ३०, जर्ज स्कट २४ तथा पाउल स्टर्लिङले १५ रन जोडे ।

विराटनगरका लागि वसन्त रेग्मी, पारस खड्का, करण केसी, तथा भान मिकरनले एक, एक विकेट लिए । जितसँगै चार खेलबाट दुई अंक जोडेको चितवनको प्ले अफमा पुग्ने सम्भावना कायम छ । त्यस्तै यता पराजित विराटनगरको पनि प्ले अफ सम्भावना कायमै छ । विराटनगरले चार खेलबाट चार अङ्क जोडेको छ । अङ्क तालिकामा विराटनगर तेस्रो तथा चितवन चौथो स्थानमा छ ।

जनता समाचार

प्रतिक्रिया दिनुहोस