आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

डाइटिङले निम्त्याउन सक्छ मुटु रोगदेखि डिप्रेसनसम्म

AuthorAP Khabar २०७५ मंसिर २८, शुक्रबार ( ५ साल अघि) ४३२ पाठक संख्या

काठमाडौं , मङ्सिर २८  :  व्यस्तका कारण धेरै महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन पाउँदैनन् । घर र करिअरको तालमेल मिलाउँदा मिलाउँदै आफ्नो स्वास्थ्यको तालमेल मिलाउन चुक्छन् ।

यसरी स्वास्थ्यमा आवश्यक ध्यान नपुर्‍याउँदा महिलाहरुले कम उमेरमै विभिन्न रोगको शिकार हुनुपर्छ । जसलाई लाइफस्टाइल डिसअर्डरु (जीवनशैलीको असन्तुलन) भन्ने गरिन्छ । तर, यस्तो समस्या अचानक उत्पन्न हुने भने होइन । पहिलेदेखि नै यसका संकेतहरु देखापर्छन् तर, यसलाई महिलाले वेवास्ता गर्छन् । जसको कारण गम्भीर परिणाम निम्तिने गर्छ ।

महिलामा अव्यवस्थित जीवनशैलीले मोटोपना बढेर जान्छ । जंक फुडको बढी सेवन, अनियमित खाना, डाइटिङ आदि कारणले शरिरको हार्मोनल सन्तुलन बिग्रेर जान्छ र समस्या हुन्छ ।

केही टिप्स

– दैनिक ३० मिनेटसम्म शारीरिक क्रियाकलाप ।

– दैनिक १० मिनेट श्वासप्रश्वाससम्बन्धी व्यायाम, त्यो पनि विहान पाँच मिनेट र बेलुकी पाँच मिनेट ।

– दैनिक १०-१५ गिलास स्वच्छ पानीको सेवन ।

– अत्याधिक चिनीयुक्त खाद्यपदार्थको कम र प्रोटिनयुक्तको सेवन बढी सेवन ।

– डाइटमा फाइवर, कार्वोहाइड्रेट र कम्प्लेक्स कार्वोहाइड्रेट अनिवार्य लिने, फ्याटयुक्त खाना घटाउने ।

– चिया, कफी बढी नपिउने बरु ग्रीन टी पिउँदा हुन्छ ।

– तनाव कम गर्नको लागि समय व्यवस्थापन गर्ने । र, समय निकालेर पुस्तक, पत्रिका पढ्ने, फिल्म हेर्ने वा आफु खुशी मिल्ने काम गर्ने ।

प्रतिक्रिया दिनुहोस