आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

सगरमाथा इन्स्योरेन्सको ठगी , सगरमाथा इन्स्योरेन्सले ‘क्लेम’ नदिएको आरोप

AuthorAP Khabar २०७५ मंसिर २८, शुक्रबार ( ५ साल अघि) ३७१ पाठक संख्या

 

सिमरा, मंसिर २८ : निर्जिवन बिमा कम्पनी सगरमाथा इन्स्योरेन्सले बिमितको तिनुपर्ने रकम नतिरेको आरोप लागेको छ । कम्पनीले सम्झौता अनुसार क्षतीपुर्ती नदिएको भन्दै बिमितले राष्ट्रिय बिमा कम्पनीमा उजुरी समेत दिएका छन् ।
नेपाल बिधुत प्राधिकरण ग्रिड हेटौँडा महाशाखाको टेन्डरमा आयोजनाको जिम्मा पाएको गौतम निर्माणसेवाले क्षती नपाएको गुनासो गरेको हो ।

सो टेण्डर अनुसार प्राधिकरणको पिलुवा–परवानीपुर १३२ के.भी. प्रशारण लाइन अन्तर्गत ३३ नम्बर टावर सुरक्षार्थ बनाइनुपर्ने ग्याबियन र स्टोन मेसेनरी (तारजाली र ढुँगाको जोडाई) आयोजनाका लागी गौतमले सगरमाथासंग ०७३ चैत्र ४ गते बिमा सम्झौता गरी ५३ हजार प्रिमियम बुझाएको थियो ।
निर्माण अवधीभर वा एक बर्षका लागी कुनै किमिमबाट आयोजनालाई नोक्सानी भए बेहोर्ने सम्झौता बिमा कम्पनीले गरेको थियो ।

काम सम्पन्न हुनै लाग्दा खोलाको बाढीले आयोजना बगाएपछि गौतम निर्माणसेवाले बिमा कम्पनीसंग हारगुहार गर्दा पुनः निर्माण गर्न मौखिक सहमती दिएको थियो ।
बिमा कम्पनीले क्षती बेहोर्ने भन्दै बाढीले बगाएको आयोजनालाई पुनः निर्माण गरी ‘क्लेम’ का लागी बिमा कम्पनीसंग सर्तअनुसार रकम माग गर्यो ।
यता बिमा कम्पनीले सो क्षतीको बिवरणका लागी सर्भेयर पठाई २९ लाख बिमितलाई क्षती बेहोर्नुपर्ने आँकडा निकालेको थियो ।

सोही बमोजिम रकम माग गर्दा बिमा कम्पनीले सो बराबरको रकम नपाइने भन्दै मात्र ४ लाख २६ हजार मात्रै भुक्तानी दिन तयार भएपछि निर्माण सेवा असन्तुष्ट बनेको हो ।
गौतम निर्माण सेवाका संचालक राजेन्द्र गौतमले बिमा कम्पनीले बिमितमाथी ठगी गरेको आरोप लगाएका छन् ।
पटक पटक ताकेता गर्दा पुरा रकम दिन नमानेपछि बिमा समितीमा समेत उजुरी दिएको गौतमले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस