आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

दोश्रो सिमरा औद्योगिक व्यापार मेलाको तयारी युद्धस्तरमा

AuthorAP Khabar २०७५ मंसिर २९, शनिबार ( ५ साल अघि) ३८२ पाठक संख्या

सिमरा  , मंसिर २९ : यहि पुष ६ देखि १६ गते सम्म सिमरामा सञ्चालन हुन गइरहेको दोश्रो सिमरा औद्योगिक व्यापार कृषि तथा खेलकुद महोत्सवको तयारी तिव्र पारिएको छ । अघिल्लो वर्ष सिमरा रङ्गशालाको खेल मैदानमा सञ्चालन भएको महोत्सव यसवर्ष रङ्गशालाको खेल मैदान बाहिर सञ्चालन हुने भएकाले रङ्गशाला परिसरमा यतिवेला महोत्सवका लागि मैदान तयार पार्ने लगायतका आवश्यक तयारी तिव्र रुपमा भइरहेको महोत्सव आयोजक सिमरा फाउण्डेशनका अध्यक्ष आरिफ हुसेनले बताए ।

माघ ३ गतेदेखि आयोजना हुने सिमरा गोल्डकपका कारण यसवर्ष रङ्गशाला भित्रै आयोजना भएपनि खेल मैदान बाहिरपट्टी महोत्सव सञ्चालन गर्ने तयारी गरिएको छ । महोत्सवको सफल सञ्चालनका लागि आवश्यक विभिन्न उपसमितिहरु गठन गरेर तिव्रताका साथ काम अघि बढाईएको आयोजक सिमरा फाउण्डेशनका अध्यक्ष हुसेनले बताए ।

महोत्सवको प्राविधिक जिम्मेवारी सम्हालिरहेको सिमरा स्थित हाम्रो समन क्याम्पका प्रवन्ध निर्देशक शैलेशराज अर्यालका अनुसार दोश्रो सिमरा औद्योगिक व्यापार कृषि तथा खेलकुद महोत्सवलाई प्रदेश नम्बर २ कै सफल र उत्कृष्ट महोत्सवका रुपमा परिचित गराउने उद्देश्यका साथ तयारी अघि बढिरहेको छ । औद्योगिक शान्ति नेपाल संगको सहकार्यमा सिमरा फाउण्डेशनले सञ्चालन गर्न लागेको महोत्सवमा सिमराको नवदुर्गा यूवा क्लब, जनहित उपभोक्ता समिति, विकाशशिल यूवा क्लब, भेट्रान्स क्लब लगायत स्थानीय विभिन्न संघसंस्थाहरुको सहकार्य रहेको छ । तीनसय बढि स्टल रहने महोत्सव करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

हेडलाईन 

प्रतिक्रिया दिनुहोस