आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

१७ बर्से परिपक्क अभिभावक

AuthorAP Khabar २०७५ मंसिर २९, शनिबार ( ५ साल अघि) ४८४ पाठक संख्या

काठमाडौं  , मंसिर २९ : सहिद लखन गाउँपालिका ढाँडेगाउँका १७ वर्षका मंगल चेपाङलाई पढेर ठूलो मान्छे बन्ने ठूलै धोको छ । आठ वर्षकी बहिनी र सात वर्षका भाइलाई पनि पढाएर ठूलो मान्छे बनाउन चाहान्छन् ।

‘मेरो बाउआमा भएको भए मलाई पनि ठूलो मान्छे बनाउँथ्यो होला’उनी भन्छन् । अब मेरा एउटा भाइ र एउटा बहिनीलाई म ठूलो मान्छे बनाउँछु’ । भाइ र बहिनीलाई दुई घण्टाको सल्लाधारीको उकालो हिँडाएर स्कुल पु¥याउँछन् मंगल । उनी भन्छन् यो एकमा पढ्छे अनि भाइ चाही शिशुमा पढ्छ । भाइबहिनीलाई कक्षामा राखेर उनी लाग्छन् कक्षा ७ तिर ।

दुई घण्टाको उकालो हिँडेर स्कुल जान जति मुस्किल छ । स्कुल तयारी गर्न त्यतिकै मुस्किल हुन्छ उनलाई । बिहान पाँचै बजे उठेर गोरु र बाख्रालाई घाँस हाल्छु । अनि फेरि घाँस काट्न जान्छु मंगल बताउँछन् । भात खुवाएर आठ बजे स्कुल जान्छाैँ । यो समाचार अन्नपूर्णमा छ ।

प्रतिक्रिया दिनुहोस