काठमाडौं , मंसिर २९ : ९३ वटा स्थानीय तहले आफ्नो नाम र केन्द्र फेरबदल गरेका छन् । विगतमा स्थानीय तह पुनः संरचना आयोगले संख्या तथा निर्धारणसँगै अस्थायी नाम र केन्द्र तोकेको थियो ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि नाम र केन्द्र परिवर्तनको माग बढेको थियो । अहिलेसम्म मन्त्रिपरिषद् निर्णयअनुसार १७ वटाको नाम, ५५ वटाको केन्द्र तथा २१ वटाको नाम र केन्द्र दुवै फेरिएको छ ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका अनुसार परिवर्तित नाम र केन्द्र राजपत्रमा समेत प्रकाशित भइसकेका छन् ।
जनता समाचार
प्रतिक्रिया दिनुहोस