आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024
FLASH NEWS
Advertisement
SKIP THIS

विश्व साइकल यात्री पुष्करको पुरानो साइकल डेढ लाखमा बिक्री भयो

AuthorAP Khabar २०७५ मंसिर २९, शनिबार ( ५ साल अघि) ४५३ पाठक संख्या

सिड्नी , मंसिर २९ : सगरमाथा आरोही तथा विश्व साइकल यात्री पुष्कर बाहको पुरानो साइकल सिड्नीमा झण्डै डेढ लाखमा बिक्री भएको छ ।

उनको नाममा स्थापित कोषमा सहयोगका लागि भएको रात्री भोजमा इन्द्रेणी फंसन सेन्टरले उनको साइकल एकहजार ८५० अष्ट्रेलियन डलरमा लिलाम स्वीकार गरेको हो ।

त्यस्तै उनको लागि सिड्नीका चित्रकारले उपहार दिएका दुई चित्रहरु पनि एक हजार ५०० र ७७० अष्ट्रेलियन डलरमा बिक्री भएका छन् ।

करिब सयजनाको सहभागिता रहेको कार्यक्रममा खेम शर्मालगायतका युवा अभियन्ताहरुले प्रेरणादायी मन्तव्य दिएका थिए ।
पुष्करलाई सबैभन्दा पहिले अभियान सञ्चालनका लागि खेमले सहयोग गरेका थिए ।

कुनै आयोजक र प्रायोजकविना स्वतस्फूर्तरुपमा भएको कार्यक्रममा प्राप्त सहयोगबाट आफूले नेपालमा एउटा क्याफे खोल्ने पुष्करले बताएका छन् ।

अनलाइनखबर

प्रतिक्रिया दिनुहोस